करोडौंको काठसहित दुईवटा १४ पाङ्ग्रे सवारीसाधन बरामद, दुई पक्राउ

सिलगढी: शुक्रबार बिहान गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा बेलाकोबाका रेन्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढी जलपाईगुडी राष्ट्रिय राजमार्गको पानीकोवरी क्षेत्रमा छापा मारि, बेलाकोवा वन विभागले १४ पाङ्ग्रे कन्टेनर र १४ पाङ्ग्रे लरी नियन्त्रणमा लिएको छ। दुईवटा गाडीबाट करिब एक करोड रुपियाँ बराबरको बर्मा सागौन काठ बरामद भएको छ। बरामद काठ तस्करीका लागि गुवाहाटीबाट कोलकाता लैजाँदै गरेको बताइएको छ।

यस घटनामा दुई जना पक्राउ परेका छन्। पक्राउ परेका आरोपी सजिन केरलाका बासिन्दा जबकि शंकर गंगा राजु आन्ध्र प्रदेशका बासिन्दा रहेको बताइएको छ। आरोपीहरूलाई भोलि जलपाईगुडी अदालतमा पठाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement