डा. अञ्जना राईको कविता संग्रह ‘अन्तर्भावना’ कालेबुङमा लोकार्पित

Antarbhaawanaa

कालेबुङ: डा. अञ्जना राईद्वारा लिखित ‘अन्तर्भावना’ नामक कविता संग्रह शनिबार कालेबुङको वर्शिप सेन्टरमा लोकार्पण गरिएको छ। रेभरेन्ट डीके खालिङको अध्यक्षता र नेपाली साहित्य अध्ययन समिति कालेबुङको अध्यक्ष ज्ञान सुतारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शुरुको प्रार्थना रेभरेन्ट शामूएल लेप्चाले गरेका थिए। यसै कार्यक्रममा डा. अञ्जना राईद्वारा लिखित अन्तर्भावना नामक कविता संग्रहको सभाध्यक्ष रेभरेन्ट डीके खालिङ, प्रमुख अतिथि ज्ञान सुतार, विशिष्ट अतिथिहरू क्रमैले सलोन कार्थक,  रेभरेन्ट डा बीडी राई, रेभ. एचडी सुब्बा र कृतिकार डा. अञ्जना राई आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। दिपक मोक्तान सेनोरद्वारा सञ्चालित यसै कार्यक्रममा खरसाङका कवि हनोक थापा अनि सिक्किमकी कवि क्यामुना प्रधानले कविता पठन गरेका थिए। कार्यक्रममा डा अञ्जना राईके साहित्यिक परिचय रेभरेन्ट सुदेन नाम्चुले राखेका थिए भने लोकार्पित कविता कृति ‘अन्तर्भावना’ माथि रेभेरेन्ट लोचन काबोले समीक्षात्मक टिप्पणी कार्यक्रममा हालैमा कथा संग्रह पराकम्पनमाथि शशिप्रभा पुरस्कारद्वारा पुरस्कृत कथाकार सन्ध्या आचार्यलाई पनि हेमालय परिवारद्वारा खदार्पणसहित शल ओढ़ाएर सम्मान गरिएको थियो। कार्यक्रममा नोएल रोंगोंगले एकल गीत प्रस्तुत गरेका थिए भने अमन बीके र निर्वाण छेत्रीले भाइलीनमा सांगीतिक प्रस्तुति दिएका थिए। डा. अञ्जना राईद्वारा लिखित यो उनको दोस्रो प्रकाशित कृति रहेको छ। कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै दिपक मोक्तान सेनोरले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement