जलढका: हिजो राती लगभग दस बजे झोलुङ सिलिगुड़ी दैनिक सेवा दिने यात्री वाहन डब्ल्युबी ७६ ७९७५ झोलुङ माथि परेङटारबाट यात्रीहरू पुर्याएर घर फर्किने क्रममा दुर्घटनाग्रस्त भएको छ। यात्रुवाहक गाडी दुर्घटनामा चालक निमा माझीको घटना स्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ।










