खरसाङ: जीटीए चुनावको लागि यसपाली भूतपूर्व सैनिक अर्ध सैनिक संगठनको तर्फबाट पनि प्रार्थीहरू दिएका छन्। यसपाली भूतपूर्व सैनिक अर्ध सैनिक संगठनको तर्फबाट खरसाङ महकुमा अन्तर्गत पर्ने समष्टिहरूमा जम्मा दुईजनाले आज नामांकन पत्र बुझाएका छन्। भूतपूर्व सैनिक संगठनको पक्षबाट तकदाह टिस्टाभेल्ली समष्टिबाट अवकाशप्राप्त नेभी अफिसर बिनोद योञ्जनले अनि अम्बटे, पंखाबारी लङ्भ्यु समष्टीबाट मणिकुमार छेत्रीले निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका छन्। दुवैको नामांकन पत्र बुझाएपछि अवकाशप्राप्त कर्नल केशव राईले पत्रकारहरूसित कुराकानी गर्दै यसपालीको जीटीए चुनावमा भूतपूर्व सैनिक तथा अर्ध सैनिक संगठनको तर्फबाट दार्जिलिङबाट ५ वटा समष्टिहरू र खरसाङबाट दुईवटा समष्टिहरू गरेर जम्मा बाट नामांकन पत्र बुझाएको बताएका छन्। उनले बताए अनुसार दार्जिलिङबाट अवकाशप्राप्त कर्नल केशव राईले यसरी बताएका छन्।