कलेज भ्यालीको गुरूङ गाउँको बाटोको खनन कार्य शुरू

स्थानीय बासिन्दाहरूले अजय एडवार्डसप्रति जनाए आभार

दार्जीलिङ: चूनाव अवधि दिएको वचन अजय एडवार्डसले पुरा गरयो,स्थानीय बासिन्दाहरूमा खुशीले रमाए। गत जीटीए सभाको चूनावको समयमा रंगबुल धोत्रे मुण्ठा समष्टि अन्तर्गत कलेज भ्यालीको गुरूङ गाउँको बासिन्दाहरूले आफुहरूको गाउँमा बाटोको अति नै समस्याहरू रहेको गुनासो पोखेका थिए। स्थानीय बासिन्दाहरूको गुनासो सूनेपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले बाटोको खनन कार्य गरी दिने वचन दिएका थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफ्नो वचन पूरा गर्दै बाटोको खनन कार्य शुरू गरी दिएको हाम्रो पार्टीको समष्टि कोअर्डिनेटर अमित मुखियाँले बताए। बाटोको खनन कार्यसंग संगै ४२ हजार रूपियाँ भन्दा अधिक मूल्यको पाइपहरू पनि दिएको तिनले बताए। बाटोको खनन कार्यको निम्ति अध्यक्ष अजय एडवार्डस ले जेसीपीसंग संगै जेसीपीमा प्रयोग गरिने तेल समेत दिएको जानकारी गराए। जीटीए सभाको चूनावमा यस समष्टिबाट हाम्रो पार्टीको उम्मेद्वार पराजय भएता पनि पार्टी अध्यक्ष अजय एडवार्डसले यस क्षेत्रका जनता जनार्दाहरूलाई अति नै माया गर्ने गरेको हुनाले उनले बाटोको खनन कार्य शुरू गरी दिएको छ भन्ने कोअर्डिनेटर मुखियाँले बताए। गुरूङ गाउँमा बाटोको खनन कार्य शुरू भएकोले स्थानीय बासिन्दाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसप्रति आभार जनाएका छन। बाटोको खनन कार्य शुरू गर्न अधि पूजा पाठ आदि जस्ता कार्यहरू पनि गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement