बिजनबारी। आज पुल बिजनबारी-गोक समष्टि अन्तर्गत नेजी बस्तीमा ३५ परिवारले पार्टी त्यागेर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। ती नयाँ समर्थकहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरियो। नयाँ समर्थकहरूले आउँदो जीटीए चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेद्वारलाई समर्थन जनाउने बताएका छन्।









