कालचिनी। दलसिंहपाड़ा ग्राम पञ्चायत अन्तर्गत पार्ट नम्बर ११/७२ र ११/७३ रणबहादुर बस्तीको प्रधानमन्त्री ग्राम सड़क योजनाको सड़क मरम्मतीको काम घटिया भएको गुनासो गर्दै आज गाउँलेहरूले काम बन्द गरिदिएको थियो| गाउँलेहरूले सड़क मरम्मतीको चार दिन पनि नबित्दै सड़क उक्कनु थालेकोले काम रोकेको र स्थानीय पञ्चयात सदस्यलाई यसको जानकारी दिएको जनाएका छन्|
यता पञ्चायत सदस्य सामुएल मुण्डाले ठेकदारलाई आगामी सोमबारसम्म यसको जवाफ दिने बताएका छन् भने उक्त कामको ठेकदार उत्तम थापाले यो सड़क गत ४ साल अघि बनेको र अहिले यसको मरम्मती काम चलिरहेको तर सड़क बन्दै गइरहेको बेला सड़कमा ढुङ्गा बालुवा लादिएको वाहनहरू चलिरहेको साथै बिहान काम गर्दै जॉंदा बेलुकी पानी परेर सड़कलाई क्षति पुगेको बताएका छन्| यद्यपि इन्जियरलाई बोलाएर यसको उपाय निकाल्ने पनि उत्तम थापाले जनाएका छन्|