कोविड़ सिक्किम: एकजना कोरोना रोगी उपचारधीन

गान्तोक: सिक्किममा दैनन्दिन कोरोनाभाइरस संक्रमणको संख्यामा कमी देखापरिरहेको छ। धेरै दिनदेखि कोरोनाको नयाँ मामिला फाटाक-फुटुक मात्र देखापरिरहेको छ। अाज राज्यमा कोरोनाकाे एउटा पनि नयाँ मामिला अघि आएन।

हिजो कूल ५३ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा गान्तोक जिल्लाबाट ४४ जना, पाकिम जिल्लाबाट ४ जना, सोरेङबाट ३ जना र गेजिङबाट २ जना गरी थिए र कासैमा संक्रमणको पुष्टि भएन। राज्यमा कोरोनाको सक्रिया मामिला केवल एउटा मात्र रहेको छ।

अहिलेसम्म राज्यमा ४३,०३८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ४४,२२२ जना कोरोना संक्रमित बनिसकेका छन्। राज्यमा अहिलेसम्म कोरोनाले ४९९ जना संक्रमितको मृत्यु भइसकेको छ। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement