कालचिनी। शुक्रबार प्रकाशित माध्यमिक परिणाममा कालचिनी ब्लकभरिमा सर्वाधिक ६२३ लिएर प्रथम स्थानमा उतीर्ण भएकी हॉंसीमारा साताली चियाबारी निवासी पिता असिम दास र माता सम्पा दासको छोरी आहना दासले आफ्नो सफलतामा खुसी हुँदै आगामी दिन इन्जिनियरिङ लिएर पढ़ने इच्छा रहेको बताएकी छन्| सबै कुरामा सुविधा भए इन्जिनियरिङ लिएर पढ़ने बताउँदै आमा बाबाको सपना साकार गर्ने लक्ष्य रहेको आहनाले बताएकी छन्|

यता पिता असिम दास साताली चियाबारीको एकजना हेड क्लर्क रहेको र छोरीले जे इच्छा लिएर पढ़न चाहन्छिन् त्यसमा सकेसम्म छोरीको सपना पुरा गर्ने ठानेको र सबै कुरा मिले छोरीलाई उसको पढ़ाईको निम्ति सबै कुराको व्यवस्था गर्ने बताउँछन् पिता असिम दास| अर्कोतिर हेमिल्टनगञ्जकी मोनामी भट्टाचार्यले पनि दुरस्तै ६२३ अङ्क हासिल गरेर ब्लक टपर बनेकी छन्| यसरी कालचिनी ब्लक टपरमा मोनामी भट्टाचार्य हेमिल्टनगञ्ज निवासीले यूनियन एकाडेमी गर्ल्स स्कूलबाट र आहना दास हॉंसीमारा साताली चियाबारी निवासीले हॉंसीमारा गर्ल्स हाइस्कूलबाट सर्वाधिक ६२३ अङ्क हासिल गरेर कालचिनी ब्लकको सुनाम गरेकोले स्कूलका शिक्षकहरू लगायत क्षेत्रबासीले खुशी छन्|