लामा गाउँ गोल्ड कपः लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन

२६ जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको आठौं सीजनमा लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन भयो। गणतन्त्र दिवसको उपलक्ष्यमा बिहीवार खेलिएको फाइनल म्याचमा एलकेएससी-ले सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)-लाई ४-२-ले पराजित गऱ्यो।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा मुख्य अतिथिको रूपमा सांसद राजु बिष्ट उपस्थित थिए।

संक्षिप्तमाः
च्याम्पियनः लोवर कैजले स्पोर्टिंग क्लब (एलकेएससी)
रनरअप्ः सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)
प्लेयर अव् द टुर्नामेण्टः कुञ्जमान थापा
बेस्ट गोलकीपरः अभिजीत रोय (एलकेएससी)
हाईएस्ट स्कोररः जूमा (सिंगलिंग स्पोर्टिंग क्लब)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement