शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टः एमएमएफसी निरपानी च्याम्पियन

photocollage_202312623223889.jpg

२६ जनवरीः युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को तत्त्वावधानमा आयोजित शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा एमएमएफसी निरपानी च्याम्पियन भयो। डीपी साइड मैदानमा बिहीवार भएको फाइनल म्याचमा एमएमएफसी निरपानीले दार्जीलिङको १०७ टीए-लाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। एमएमएफसी निरपानीका गिल्सन लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *