सिक्किमका मुख्यमन्त्रीले श्री सरस्वती पूजाको सिक्किमे जनतालाई शुभकामना दिए

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले वसंत पंचमी अथवा श्री सरस्वती पूजा २०२३ को अवसरमा सम्पूर्ण सिक्किमेली जनमानसमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना व्यक्त गर्दै भनेका छन् कि वसंतको आगमनमा प्रकृतिनै मुस्काएको पाइन्छ, नयाँ मौसम, सौम्य वातावरण, नयाँ पालुवा, हरियाली, नयाँ चेतना संगै नयाँ विहानीमा नयाँ किरणको आभास के प्रतीक मानिन्छ भने वसंतको आगमनले आफुहरुको जीवनमा सुख-शान्ति, सम्वृद्धि, प्रगति, नयाँ जोस, उमंग, आरोग्य, विवेक शक्ति, प्रेरणा अनि हौसला मिलोस भनि माता सरस्वती समक्ष विनम्र प्रार्थना गर्न चाहन्छु। ‘उनले अझ भनेका छन्, ‘हाम्रो बुद्धि, प्रज्ञा एवं मनोवृत्ति की संरक्षिका, माता सरस्वतीले हामीलाई मृदु वाणी प्रदान गर्नुहुन्छ, अक्षर, अक्षरको ज्ञान संगै वाकपटुता अनि विद्वता प्रदान गर्नुहुन्छ भने शारदा मैयाको आशिर्वादले सबै शिक्षित, ज्ञानी अनि दक्ष बन्न सकुन भन्ने प्रार्थना गर्दछु। सम्पूर्ण विद्यार्थीवर्गमा माता सरस्वतीको असिम कृपा रहोस साथै पढ़ाईमा रुची, लगनशीलता सितै निरन्तर सफलता मिलोस। जीवन यात्रामा संयम, सत्य र स्नेहको वरदान सहित माता सरस्वतीले तपाईको जीवनलाई आनन्दले भरिदिऊन् भनि सबैमा वसंत पंचमी अनि श्री सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना अर्पण गर्न चाहन्छु।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *