मल्ली: सिक्किम राज्यमा आज नयाँ राजनीतिक पार्टीको जन्म भएको छ। सिक्किम रिफर्म कलद्वारा दक्षिण सिक्किम मल्लीमा आज एउटा जनसभाको आयोजना गरेर नयाँ राजनैतिक पार्टीको घोषणा गरेको छ। नयाँ पार्टीको नाम “सिटिजन एक्सन पार्टी” रहेको छ। उक्त नयाँ राजनैतिक पार्टीको चिफ को-अर्डिनेटरको रूपमा गणेश कुमार राईको नाम सार्वजनिक गरिएको छ। उक्त नयाँ राजनीतिक पार्टीमा सिक्किमका अन्य धेरै जना पुराना अन्य पार्टीका नेताहरू सामेल हुने बताइएको छ। स्मरण रहोस, गणेश कुमार राईले हालै सिक्किम क्रान्तिकारी मोर्चाको उपाध्यक्षको पदबाट राजीनामा दिएका थिए। यसको साथै तिनकी पत्नी एसडीएफ सरकारको समय मन्त्री पदमा थिइन्।