सिलगढी: ७४औं गणतन्त्र दिवस समाजसेवामूलक कार्यको माध्यमद्वारा तपन भट्टाचार्य स्मृति रक्षा कमिटीले पालन गर्यो। आज सिलगढी जिल्ला अस्पतालका लगभग एक सयजना रोगीहरूलाई कमिटीको पहलमा फल प्रदान गरियो। तपन दत्त एकजना समाजसेवक थिए। कमिटीको तर्फबाट प्रत्येक वर्ष विविध सेवामूलक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेसका अलोक चक्रवर्ती, काउन्सिलर रामभजन महतो, दीपक शील लगायत अन्य उपस्थित थिए।