गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्री पुरस्कारको निम्ति तुलाराम उप्रेतीलाई सम्पूर्ण सिक्किमवासीहरूको तर्फबाट हार्दिक बधाई व्यक्त गरेका छन्। उप्रेतीलाई कृषि क्षेत्रमा जैविक खेतीको निम्ति सो पुरस्कार प्रदान गरिएको हो। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत तुलाराम उप्रेतीलाई बधाई दिँदै भनेका छन्, तुलाराम उप्रेतीले दशकौंदेखि जैविक खेतीको पारम्परिक तरिका अभ्यास तथा अरूहरूलाई प्राकृतिक प्रविधि अपनाउन प्रशिक्षित एवं प्रेरित गर्दै आइरहेका छन्। मुख्यमन्त्रीले उप्रेतीलाई यस उपलब्धिका लागि शुभकामना व्यक्त गर्दै उनले भविष्यका प्रयासहरूमा सफलता र खुशी प्राप्त गरुन् भनी कामना पनि गरेका छन्।
About Author
Post Views: 175