भातिसीयले बाहिनी मुख्यालयसमेत भारत-चीन सीमा क्षेत्रमा पनि गणतन्त्र दिवस पालन

IMG_20230126_225847.jpg

गान्तोक: आज पूर्व सिक्किमको लिङदुमस्थित वाहिनी मुख्यालय र भारत-चीन सीमा क्षेत्रहरूमा भारत तिब्बत सीमा पुलिस(भातिसीपु) को १३औं वाहिनीले राष्ट्रको ७४औं गणतन्त्र दिवस धूमधामसँग मनायो। वाहिनी जन सम्पर्क अधिकारीद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, १३औं वाहिनीका मुख्य चिकित्सा अधिकारी डा. रोहित नौटियालले लिङदुमस्थित वाहिनी मुख्यालयमा राष्ट्रिय झण्डा उत्तोलन गरे।उनले गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पार्दै भने, कर्तव्य पथमा राष्ट्रको सुरक्षा सर्वोपरी हो। देशका प्रत्येक नागरिकको प्रथम मौलिक कर्तव्य देशको सुरक्षा हो तर, सीमामा तैनात सैनिकको जवाफदेहीता यसभन्दा धेरै ठूलो छ। देशको सेवामा निरन्तर तत्पर रहनु हाम्रो परम कर्तव्य हुनुपर्छ। उनले भने, हामीलाई बलमाथि गर्व छ, जसले भारत-चीनको ३४८८ किलोमिटर सीमाको रक्षाको जिम्मेवारी साहस अनि निर्भिकताको साथमा गरिरहेको छ। बल देशको आन्तरिक सुरक्षाको निम्ति पनि सदैव तत्पर रहेको छ। उनले बलमा कार्यरत ती पदाधिकारीहरूको नाम पढेर सुनाए, जसलाई वर्ष २०२२ मा उत्कृष्ट कार्यको निम्ति राष्ट्रपति पुलिस पदक तथा सराहनीय कार्यको निम्ति विशिष्ट सेवा मेडलले सम्मानित गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *