गान्तोक: राष्ट्रिय स्तरमा सिक्किमलाई गौरान्वित तुल्याउने लिटल च्याम्सकी विजेता जेट्शन डोना लामालाई एसडीएफ पार्टीले हार्दिक बधाई दिएको छ। एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा बाल कलाकार जेट्शेन डोना लामाले सिक्किम तथा विश्वभरिका नेपाली भाषीहरूलाई आफ्नो गायन प्रतिभाद्वारा गौरवान्वित तुल्याएको बताएको छ। राष्ट्रिय स्तरमा सम्पन्न गायन प्रतियोगितामा आफ्नो अपार प्रतिभा र लगनशीलताले लिटल च्याम्स को खिताब जित्न सक्षम भएकीमा सुश्री लामालाई एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ तथा समस्त एसडीएफ पार्टी हार्दिक बधाई दिएको छ। विज्ञप्तिमा भनिएको छ, सिक्किम र सिक्किमेली जनतालाई आफ्नो गायन प्रतिभाद्वारा राष्ट्रिय स्तरमा गौरवान्वित तुल्याएकीमा सुश्री लामाप्रति आभार व्यक्त गर्दछौं। उनका माता-पितालगायत समर्थकहरूको भूमिका पनि सराहनीय र महत्त्वपूर्ण छ।