गणतन्त्र दिवस सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट पालन

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आज कमिश्नरेट मैदानमा ७४ औं गणतन्त्र दिवस पालन गरिएको थियो भने सिलगढीका पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले राष्ट्रिय झण्डा उत्तोलन गरे। गणतन्त्र दिवसको यस कार्यक्रममा मेट्रोपोलिटन पुलिसको विनर्स टीम, एसएसबी, एनसीसी टीम लगायत विभिन्न स्कुलका एनसीसी क्याडेटहरूले परेड गरे। यसको साथै कमिश्नरेट मैदानमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। कमिश्नर अखिलेश चतुर्वेदीले सहरवासीलाई गणतन्त्र दिवसको शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement