हमीरपुर: उत्तर प्रदेशको हमीरपुर जिल्लामा एउटा अनौठो घटना सार्वजनिक भएको छ। फेसबुकमा भएको मित्रता प्रेममा परिणत भएपछि प्रेमिका बिहे गर्न ६ सय किलोमिटर पैदल हिँडेर हमीरपुर आइन्। प्रेमिका प्रेमीसँग मुखामुखी भएपछि उनको सपना चकनाचुर भयो। प्रेमीको कद सानो थियो र उनी दिव्यांग पनि थिए। फेसबुकको प्रेमीको अवस्था देखेर प्रेमिका निराश भइन्। पुलिस थाना पुगेर प्रेमीविरुद्ध ठगीको उजुरी दिएर फर्किन्। समाचारअनुसार आजमगढ जिल्लाकी एक युवतीको ८ महिनाअघि हमीरपुरको रथ क्षेत्रका एक युवकसँग फेसबुकमा मित्रता भएको थियो। दुवैको मित्रता प्रेममा बदलियो। यो प्रेम यति बढ्यो कि युवतीले युवकसँग बिहे गर्न राजी भइन्। युवती बिहीबार राति अबेर रथ पुगे पनि यहाँ उनको सपना अधुरो रह्यो। युवतीले आफ्नो फेसबुक प्रेमी दिव्यांग र उचाई पनि सानो भएको देखिन्। यो देखेर उनी रिसाएर हंगामा गरिन्l