पीपीएस होइन गोर्खाल्याण्ड चाहिन्छ: अनित थापा

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा  (भागोप्रमो) का अध्यक्ष अनित थापा l फाइल फोटो

खरसाङ: ‘हामीलाई पीपीएस होइन गोर्खाल्याण्ड चाहिन्छ’, चुनाव प्रचारको अवधिमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा  (भागोप्रमो) का अध्यक्ष अनित थापाले यसरी बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, ‘यसपालीको जीटीए चुनावमा ३१८ जना उम्मेद्वारहरूले नामांकन भर्नु हाम्रो ठूलो उपलब्धि होl विमल गुरुङको पार्टीबाट पनि स्वतन्त्र उम्मेदवारहरु उठेका छन्l  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाव प्रचार सभा खरसाङको २९ नम्बर समष्टिमा सम्पन्न भयो। उनले भने, ‘मैले समयलाई पर्खेको थिए। गोर्खाल्याण्डको मुद्दालाई ठीक समयमा उठाउनु सकेनौं भने हामीले दुःख मात्र पाउँछौंl जीटीए खारेज हुनुसाथ गोर्खाल्याण्डको मुद्दा पनि खारेज भएर जानेछ, हामीलाई गोर्खाल्याण्ड विरोधी भन्नेहरुलाई फेरि पनि भन्छु, म जीटीए सभाको पहिलो सभामा नै गोर्खाल्याण्ड मुद्दाको प्रस्ताव पारित गर्नेछु, म गोर्खाल्याण्ड ल्याउँछु भन्दिन भन्नु सक्दिन पनि कारण राजनैतिक नेताले गोर्खाल्याण्ड ल्याउनु सक्ने कुरा पनि होइन तर गोर्खाल्याण्डको डायलग खोल्नेछु। हामीलाई पीपीएस होइन गोर्खाल्याण्ड चाहिन्छ।’ थापाले आफ्नो बुथलाई जिताउने गर्दै भने यसको लागि फुटेर होइन जुटेर काम गर्ने आहवान गरेl ‘हाम्रो मिशनको अन्तिम लडाई हो यो चुनाव र हाम्रो मिशनलाई अघि लैजानु यो चुनाव हामीले जित्नु नै पर्छ’, उनले भने।

३१८ जना उम्मेद्वारहरूले जीटीएको चुनावमा नामांकन भर्नु ठूलो उपलब्धि रहेको बताए। उनले भने, ‘विमल गुरुङको पार्टीबाट पनि स्वतन्त्र उम्मेदवारहरु उठेका छन्l’ आज खरसाङ गिद्दे पहाड-२९ नम्बर समष्टिअन्तर्गत पर्ने १० वटा वार्डहरूको प्रतिनिधिहरू अनि पार्टीका कार्यकर्ताहरू र समर्थकहरूले अनित थापालाई उनको उम्मेदवारीलाई स्वीकार गर्दै उनलाई खरसाङस्थित टाउन हलमा स्वागत गर्दै शुभकामना प्रकट गरेका छन्। उक्त कार्यक्रममा बोल्दै केन्द्रीय समितिका सदस्य आशा लामा मुखियाले भनिन्, ‘खरसाङले अनित थापाको रूपमा सुयोग्य नेता पाएको छ र यो खरसाङको निम्ति गर्वको कुरा होl हामीले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सबै समष्टिमा विजयी तुल्याएको हुनुपर्छ। सभालाई समष्टिका सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए। सभामा खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान, नारी शक्तिबाट अनु प्रधान, जैतुन निशा, युवा शक्तिका पेमेन्द्र गुरुङको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement