भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीले आफ्नै निवासमा फहराए राष्ट्रिय झण्डा

00-LK-Advani-1

नयाँ दिल्ली: आज समग्र भारतभरि ७४औँ गणतन्त्र दिवस पालन गरियो। यस अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीले पनि गणतन्त्र दिवस मनाउने क्रममा झण्डा फहराए। उनले आफ्नै निवासमा झण्डा फहराएका हुन्। उनले तिरंगा फहराएपछि आफ्नो परिवारका सदस्यहरूसँग राष्ट्रिय गीत गाए। देशका पूर्व उपप्रधानमन्त्री तथा भाजपाका पूर्व पार्टी अध्यक्ष आडवाणी गणतन्त्र दिवसको अवसरमा कोट र हिमाचली टोपी लगाएका थिए।

यात राजधानी दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले ७४औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय युद्ध स्मारकमा पुगेर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान र तीनै सेनाका प्रमुखहरू पनि त्यहाँ उपस्थित थिए। भारतको संविधान आजकै दिन २६ जनवरीमा लागू भएको थियो। २६ जनवरी १९५० मा भारतलाई एक सार्वभौम लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। भाजपाका वरिष्ठ नेता आडवाणीले धेरै वर्षदेखि आफ्नो निवासमा तिरंगा फहराउँदै आएका छन्। भारतीय जनता पार्टीको गठनदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका आडवाणीको लामो समयसम्म पार्टी अध्यक्ष रहने कीर्तिमान छ। यति मात्र होइन, उनले ३० वर्षको संसद सदस्य भएर आफ्नो राजनीतिक जीवन पनि निर्वाह गरेका छन्।

लालकृष्ण आडवाणीको जन्म पाकिस्तानको सिन्धमा भएको थियो। उनले आफ्नो प्रारम्भिक अध्ययन त्यहाँ सेन्ट प्याट्रिक स्कूलमा गरे। मोडेल हाई स्कूल, कराँचीमा शिक्षकको रूपमा पनि काम गरे। तर, स्वतन्त्रताका बेला उनले पाकिस्तान छोडेर भारत रोजे। यसपछि उनी राष्ट्रिय स्वयंसेवक संघमा आए र राजस्थानबाट प्रचारकको काम शुरु गरे। उनले पार्टीलाई २ लोकसभा सिटबाट अहिलेको अवस्थासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *