मिरिक: जीटीए चुनावको निम्ति हिल टीएमसीले दशमात्र उम्मेद्वार दिएको हिल टीएमसी चेयरमेन एलबी राईले बताएका छन्। तथापि कतिपय समष्टिमा पार्टीभित्रकै कार्यकर्ताहरूले पनि उम्मेद्वारिता दिए पनि उनीहरू टीएमसीको उम्मेद्वार नरहेको राईले दाबी गरेका छन्। कतिपयले आफ्नो खुशीमा उममेद्वारतिका लागि नामङ्कन पत्र बुझाएको बताउँदै आज बेलुकी नै आफूले हाई कमाण्डसँग कुराकानी गरेर उनीहरूको निम्ति हाईकमाण्डको निर्देशअनुसार अघिल्लो कार्य गर्ने राईले बताएका छन्। जतिजना पनि निर्दलीय उम्मेद्वारको रूपमा खडा भएका उनीहरूलाई पार्टीलाई कहिले पनि मान्य ठहर नगर्ने उनले बताएका छन्।