४ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा आज पहिलो दिन दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा एलजीएससी खप्रेलले भेट्रन्स फूटबल एकाडमी (रेड)-लाई पेनल्टी शूट आउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर २-२-को बराबरीमा रहेको थियो। यसरी नै दो्रो म्याचमा एएए-ले एसएससी सालबारीलाई ५-०-ले पिट्यो। यस टुर्नामेण्टमा सम्पूर्ण उत्तर बंगालबाट १६ वटा नामी-दामी टीमहरूले हिस्स लिएका छन्। दुईवटा सेमिफाइनल म्याच १७ जूनमा हुनेछ। दिनको पहिलो म्याच दिउँसो १ बजी अनि दोस्रो म्याच २.३० बजीदेखि शुरु हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।










