सिलगढी: आज संविधान निर्माणको ७४औँ वर्षगाँठ सिलगढीसहित देशभर मनाइँदैछ। दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट कङ्ग्रेस जिल्ला अध्यक्ष शंकर मालाकारले हसमिचक विधान भवन अगाडि राष्ट्रिय झण्डा फहराए। जीवन मजुमदारले पार्टीको झण्डा फहराएका थिए। झण्डा फहराएपछि शंकर मालाकारले भारतको संविधानलाई कुनै पनि हालतमा जोगाउनु आफ्नो दायित्व भएको बताए। उनले संविधानको गरिमासँगै अन्याय विरुद्ध सबै एकजुट भएर लड्न सबै कङ्ग्रेस कार्यकर्ता र समर्थकलाई भने।










