कुचबिहार: देशको ७४औँ गणतन्त्र दिवस आज कुचबिहारमा मनाइयो। यस दिन ७४औं गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासनले कुचबिहार स्टेडियममा आयोजना गरेको परेडमा प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी, एनसीसी क्याडेट, नागरिक रक्षाका सदस्यहरू सहभागी भएका थिए। कुचबिहारका जिल्ला अधिकारी पवन काडियानले आज बिहान ९ बजी भारतको राष्ट्रिय झण्डा फहराउनुभयो। यस ७४ औं गणतन्त्र दिवसको अवसरमा बिहानैदेखि कुचबिहार स्टेडियममा विभिन्न विद्यालय र संस्थाका विद्यार्थीहरूले विभिन्न देशभक्ति गीतहरू प्रस्तुत गरेका थिए। जिल्ला प्रशासन र विभिन्न संघसंस्थाले झाँकी निकालेका थिए। कार्यक्रमको अन्त्यमा विभिन्न प्रतियोगितामा भाग लिने प्रतियोगीहरूलाई पुरस्कार वितरण गरिएको थियो।










