इण्डिपेण्डेन्स डे फूटबलः प्लेइंग सेभेन विजयी

photocollage_20226419123257.jpg

४ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आजदेखि इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबल टुर्नामेण्ट शुरु भयो। अप्पर सीडर्स खेल मैदानमा शुरु भएको सेभेन ए साइड टुर्नामेण्टअन्तर्गत आज भएको उद्घाटन म्याचमा प्लेइंग सेभेन मिलिंगले रोमाञ्चक जीत हासिल गऱ्यो। प्लेइंग सेभेनले रितेश स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अरबास गुरुङले १७औं र योगेन सुब्बाले २६औं मिनटमा गोल गरे। यसरी नै रितेश एससीबाट सोहेल राईले ३२औं मिनटमा गोल गरे। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement