जलपाइगढी: गणतन्त्र दिवसकाे अवसरमा बिहीबार बिहान ७ बजे जलपाइगढी ब्रह्माकुमारी केन्द्रमा झण्डा फहराइएको थियो। जलपाइगढी सहरको प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विद्यालयको औद्योगिक संघमा पूर्ण सम्मानका साथ राष्ट्रिय झण्डा फहराइएको थियो। सो अवसरमा संस्थाका दाजुभाइ दिदीबहिनीहरूको झण्डा फहराउने कार्यक्रममा सहभागिता रहेको थियो।










