गणतन्त्र दिवसमा रंगीन जुलुस, परेडसहित सांस्कृतिक कार्यक्रमकाे आयोजना

उत्तर दिनाजपुर: अन्य ठाउँमा जस्तै उत्तर दिनाजपुर जिल्ला प्रशासनले ७४औँ गणतन्त्र दिवस आज बिहान रायगञ्ज रंगशालामा मनाएको छ। भारतको ७४औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयले भव्य कार्यक्रमको आयोजना गरेको छ। सोही दिन भारतको राष्ट्रिय झण्डा फहराएर कार्यक्रमको उद्घाटन जिल्ला अधिकारी अरविन्द कुमार मीनाले गरेका थिए। कार्यक्रममा उत्तर दिनाजपुरका धेरै विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा रंगारंग र्‍याली, परेडसहित सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा उत्तर दिनाजपुरका धेरै विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रायगञ्ज प्रहरी जिल्ला प्रहरी उपरीक्षक सोना अख्तर लगायत अन्य महानुभावहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement