२६ जनवरीः नाम्सा रिम्पोछे फूटबल कमिटीको तत्त्वावधानमा गोरुबथानको मालबस्तीमा आयोजित नाम्सा रिम्पोछे महिला विण्टर फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले सेमिफाइनलमा स्थान बनायो। बुधवार खेलिएको म्याचमा दार्जीलिङ पुलिसले सीएसआरएस मिनग्लासलाई ५-०-ले पराजित गऱ्यो। यसरी नै मंगलवार खेलिएको उद्घाटन म्याचमा न्यू माल गर्ल्स एफसी-ले जेपीएफसी बाघडुग्रालाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

टुर्नामेण्टको फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।