नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १३२ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८२,३३८ पुगेकाे छ। त्यहिं गत २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,७३८ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १४७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४९,६९४ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज कमेर १,९०६ रहेको छ। देशकाे दैनिक सकारात्मकता दर ०.०७ प्रतिशत दर्ता गरिएको छ भने साप्ताहिक सकारात्मकता दर ०.०८ प्रतिशत रहेकाे छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,६९,३९२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,४७,२५,००९ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २,५४,५२१ जनाले कोरोना खोप लगाउनको साथ कुल २२,६१,६९,५५९ जनाले यो खोप लगाइसकेको छन्।