कालचिनी। शुक्रबार राती परेको मुसलधारे पानीले कालचिनी ट्रली लाईनको सड़क किनारी रहेको गोबिन्दा खड़ियाको घर धस्किँदा भाग्यले खड़िया परिवार बाँचेको घटना प्रकासमा आएको छ।
घटनाको जानकारी पाएर विहान गोबिन्दा खड़ियाको घरको निरीक्षण गर्न तृणमूल नेताहरू हैदर अली अन्सारी, लगायत स्थानीय प्रतिनिधिहरू घटनास्थलमा पुगेको थियो भने पुनः घटनाको जानकारी पाएर अलिपुरद्वार जिल्ला परिषदको बन औ भूमि कर्माध्याक्ष गणेश महली लगायत तृणमूल नेता रञ्जित घोष आदि पुगेर जाँच गरेपछि पीड़ित परिवारलाई प्लास्टिक सेड र नगद २ हजार रूपियाँ मदत प्रदान गरिएको थियो।

राती परेको मुसलधारे पानीले ट्रली लाईनको सड़क किनारीको नालाको पानीले माटो क्षय गर्दै ल्याउँदा गोबिन्दाको घर धस्किएको थियो भने घर झण्डै ढल्ने अवस्थामा रहेको गोबिन्दा खड़ियाले जनाएका छन्।
घर धस्किँदा बच्चा झण्डै नालाको पानीले बगाउन आँटेको थियो तर छिट्छिटोमा बच्चालाई उद्धार गर्न सफल भएको गोबिन्दा खड़ियाले जनाएका छन्।
यता गोबिन्दा खड़ियाको घर मरम्मतीको निम्ति औ नालामा सुरक्षा बाँधको लागि ब्लक प्रशासन मार्फत मदतको आवेदन गरिने तृणमूल नेताहरूले जनाएका छन्।