जेट्शेन डोना लामाको भव्य स्वागत

IMG_20230126_000322.jpg

गान्तोक: सिङगिङ्ग रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स- सजीन ९’ की विजेता जेट्शेन डोना लामा बुधवार सिक्किम फर्केर आएकी छन्। उनी मुम्बईबाट हिजो सिलगढ़ी आइपुगेकी थिइन् भने आज सिक्किम आइपुगिन्।

जेट्शेन डोना लामा सपोर्ट क्लबले प्रवेशद्वार रम्फू र राजधानीमा उनको भव्य स्वागतको तयारी गरेको थियो। रम्फूमा जेट्शेनलाई स्वागत जनाउन मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थित थिए। उनको साथमा मन्त्री परिषदका सदस्यहरू, विधायकगण, अध्यक्षगण, सल्लाहकारगण, सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू, गणमान्य व्यक्तिहरू तथा भारी संख्यामा जनसाधारण जेट्शेनलाई स्वागत जनाउन रम्फूमा उपस्थित थिए।

मुख्यमन्त्री तामाङले ‘लिटल सुनिधि चौहान’ को उपाधि पाएकी जेट्शेन डोना लामालाई चर्चित ‘सारेगमप लिटल च्याम्प्स- सजीन 9’ को विजेता बनेकोमा बधाई दिए। उनले जेट्शनलाई विजेता बनाउन समर्थन गर्ने सबैलाई धन्यवाद दिए। यसै गरी, मुख्यमन्त्रीले नेपालमा चलिरहेको ‘पोएट आइडल’ मा सिक्किमकी कवि नीलम गुरूङलाई पनि समर्थन गर्न आह्वान गरे।

यस अघि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जेट्शनलाई बधाई दिॅंदै उनलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। उनले सिक्किम सरकार युवा प्रतिभाहरूको अभिभावक रहेको र उनीहरूलाई अगाडि बढाउन सदैव तत्पर रहने बताए।

कार्यक्रममा जेट्शेन डोना लामालाई मुख्यमन्त्रीको बाहुलीद्वारा सम्मानित गरिएको थियो। यस अवसरमा उनलाई छात्रवृत्ति स्वरूप तीन लाख रूपियॉं प्रदान गरियो। जेट्शेनले आफ्नो प्रस्तुतिद्वारा सबैलाई मनोरञ्जन प्रदान गरिन्। जेट्शेनकी पिता रोशन लामाले पनि आफ्नो सम्बोधनमा मुख्यमन्त्री, मन्त्रीगण तथा सबैलाई समर्थनको निम्ति कृतज्ञता व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *