सिलगढीका कलाकार विपुल रायले आफ्नो घरमा चित्रकला प्रदर्शनी

Untitled-1-copy-59

सिलगढीः उत्तर बंगालमा कला कलेज छैन। त्यहाँ कुनै कला प्रदर्शनी केन्द्र पनि छैन। स्थानको अभावका कारण सिलगढीका कलाकार विपुल रायले आफ्नो घरमा चित्रकला प्रदर्शनी र कला मेला आयोजना गरेका थिए। यो कला मेला २९ सम्म चल्नेछ । सिलगढीमा पहिलो पटक कलाकार विपुल रायले आफ्नो घरमा कला मेला आयोजना गरेका छन् ।

यस कला मेलामा विपुल रायले बनाएको तेल चित्रकला, क्यानभास पेन्टिङ, पेपर वर्क प्रदर्शनीका लागि राखिएको छ । तस्विर किन्न चाहनु हुन्छ भने त्यसको पनि व्यवस्था गरिएको छ । चित्रको मूल्य ५ सयदेखि ३० हजार रुपियाँसम्म रहेको छ । विपुल रायका हजुरबुवा परमलाल राय शिल्पकलामा निकै माहिर थिए भन्ने बताइएको छ । जसलाई देखेर विपुल राय कलाकारिताको दुनियाँमा प्रवेश गरे । तिनले १७ वर्षदेखि चित्रकला गर्दै आएका छन् ।

उनका चित्रहरू भारत र विदेशका विभिन्न ठाउँमा पुगेका छन्। तर, आफ्नै सहरमा प्रदर्शनी गर्ने ठाउँ नहुँदा उत्तर बङ्गालका यी कलाकारले सिलगढीको वडा नम्बर २२ अन्तर्गत नेताजी पल्लीमा रहेको आफ्नो घरमा यो प्रदर्शनी तथा कला मेला आयोजना गरेका थिए । लामो समयदेखि उत्तर बङ्गालमा आर्ट कलेज खोल्ने कुरा भएपनि अहिलेसम्म नभएको कलाकारको आरोप छ । सिलगढी र उत्तर बङ्गालका धेरै प्रतिभाशाली कलाकारहरू पैसाको अभावमा विदेशमा अध्ययन गर्न सक्दैनन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *