डुनेसाविसद्वारा पुरस्कार अलङ्करण समारोहको घोषणा, ५ फरवरीको दिन पुरस्कार अलङ्करण समारोह सम्पन्न हुने

2857755a-cbcc-4d26-8e4e-3ba96f69670a

कालचिनीः डुवर्स नेपाली साहित्य विकास समितिको आयोजनामा आगामी ५ फरवरीके दिन कालचिनी खण्डको हेमिल्टनगञ्ज स्थित बून इङ्गलिस स्कूलको सभाकक्षमा पुरस्कार अलङ्करण समारोह हुने तय भएको छ भने उक्त समारोहमा समितिले साहित्य, समाजसेवा, शिक्षा र संगीत क्षेत्रमा दिँदै आइरहेको पुरस्कार अलङ्करणको निम्ति चुनिएको जूरी सदस्यहरू बीरपाड़ा स्थित चन्द्रबीर प्रधान पुस्तकालयको प्रेक्षागृहमा बसेको एउटा सभाले अन्ततः साहित्यमा नवौँ चन्द्रबीर प्रधान स्मृति पुरस्कार कालचिनी खण्डको हेमिल्टनगञ्ज फरवार्डवगर निवासी आसबहादुर लिम्बुलाई शिक्षामा पाँचौँ कितापसिंह राई स्मृति पुरस्कार नगरकट्टा निवासी बासु छेत्रीलाई, संगीतमा आठौँ बीबी दर्नाल स्मृति पुरस्कार चमर्ची निवासी अर्जुन कागतेलाई र समाजसेवामा आठौँ हैकमसिंह राई स्मृति पुरस्कार बाग्राकोट निवासी जेबी छेत्रीलाई प्रदान गर्ने निर्णय लिएको डुवर्स नेपाली साहित्य विकास समितिको अध्यक्ष र सचिव क्रमैले कृष्णबहादुर श्रेष्ठ र रबिन खवासले जनाएका छन्।
जूरी सदस्यहरू पूर्व, मध्य र पश्चिम डुवर्सबाट क्रमैले प्रदीप लामा, दुर्गा राई चामलिङ, अनूप शर्मा र रुपेश शर्मा, मननारायण प्रधान एवम् समितिका कार्यकारी अध्यक्ष अबीर खालिङ, मूलसचिव रबिन खवास, कोषाध्याक्ष राजेश प्रधान, सहसचिव चन्दन भट्टराई, बुद्धिमान लामा, हर्कु तामाङ, अमीर सुब्बा र बिनोद मोक्तानको उपस्थितिमा पुरस्कार अलङ्करणको निम्ति नामाङ्कित व्यक्तित्वहरुको बारेमा छलफल पश्चात यो निर्णय जूरीले लिएको बताएको छ। आगामी ५ फरवरीको दिन हेमिल्टनगञ्ज स्थित बून इङ्गलिस स्कूलको सभाकक्षमा यो पुरस्कार अलङ्करण समारोह सम्पन्न हुने र यसको तयारीमा संयुक्त आयोजक कमिटी डुवर्स नेपाली साहित्य विकास समिति र सृजनशील समूह कालचिनी जुटेको मूलसचिव रबिन खवासले थप जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *