अप्पर सीडर्समा इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट आजदेखि

IMG-20220604-WA0100.jpg

४ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आजदेखि (शनिवार) इण्डिपेण्डेन्स डे ओपन नक्आउट फूटबल टुर्नामेण्ट शुरु हुनेछ। अप्पर सीडर्स खेल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४० वटा टीमले हिस्सा लिनेछ। शनिवार हुने उद्घाटन म्याचमा रितेश स्पोर्टिंग क्लब र प्लेइंग सेभेन मिलिंगबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच ११ अगस्त अनि फाइनल म्याच १५ अगस्तको दिन हुनेछ। यसबाहेक तेस्रो स्थान (थर्ड प्लेस) निर्धारणको म्याच १३ अगस्तमा खेलिनेछ। यस टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा एक लाख र उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement