दशौं खरसाङ शहीद गोल्ड कप: रोयल एफसी सेमिफाइनलमा

IMG_20230125_185559.jpg

खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा सिलगढ़ीको रोयल एफसी सेमिफाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा रोयल एफसी-ले युनाइटेड एफसी दार्जीलिङलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट करण राई र सञ्जय कुजुरले गोल गरे। एक गोल आत्मघाती (सूरज कामती) रह्यो। यसरी नै युनाइटेड एफसी दार्जीलिङबाट सिद्धान्त छेत्रीले पेनल्टीबाट १ गोल गरे। रोयल एफसी-का गोलकीपर योगेश लामालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने पहिलो सेमिफाइनल म्याचमा रोयल फूटबल क्लब र एमएमएफसी निरपानीबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो सेमिफाइनल म्याच २८ जनवरीमा कालेबुङको दुईवटा टीम युनाइटेड ब्रदर्स र कालेबुङ पुलिसबीच खेलिनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *