राज्यको अण्डर-२१ फूटबल टीममा स्थान बनाए जय हाङ सुब्बाले

photocollage_202264102425129.jpg

४ जूनः गोरुबथानका प्रतिभाशाली फूटबलर जय हाङ सुब्बाले अण्डर-२१ खेलो इण्डिया युथ गेम्सको निम्ति पश्चिम बंगालको टीममा स्थान बनाएका छन्। कालेबुङको सप्तश्री ज्ञानपीठका छात्र जय हाङले सप्तश्री फूटबल फाउण्डेशमा प्रशिक्षण हासिल गरेका थिए। सप्तश्री फूटबल फाउण्डेशनका मुख्य प्रशिक्षक बबलू गुप्ताले जय हाङको यस उपलब्धिमा गर्व गर्दै यस युवा खेलाड़ीले एक दिन शीर्ष स्तरमा आफ्नो छाप छोड़्ने आशा व्यक्त गरेका छन्।

About Author

Advertisement