कोभिड़ भारत: सक्रिय मामिलाको संख्या बढ्दै

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

२४ घण्टमा ४,०४१ नयाँ मामिला, २६ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ४,०४१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोविड सङ्क्रमितको संख्या बढ़ेर अब ४,३१,६८,५८५ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ १० जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२४,६७७ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा २,६९७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२६,२५,४५५ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७३℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा २२,४१६ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ४,४५,८१४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८५,२२,०९,७८८ जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ११,६७,०६७ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९३,९६,४७,०७१ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement