खरसाङको वार्ड नम्बर तीनमा भागोप्रमोको कमिटी गठन

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ३ भागोप्रमाेको पूर्णांक कमिटि गठन गरिएको छ। विगत १३ जनवरी शुक्रबारको दिन यसै वार्डमा पार्टीको सांगठनिक विषयमा छलफल गर्न एक सभाको आयोजना गरिएको थियो। त्यसै सभाको पारित प्रस्तावलाई आत्मसात गर्दै आज पार्टी अध्यक्ष अनित थापाको नेतृत्त्व तथा कार्य शैलीलाई स्वीकार गरी उनकाे सोच र विचारलाई विस्तार गर्न वार्ड नम्बर 3 मा खरसाङ टाउन कमिटीका अध्यक्ष राजु शर्माकाे अध्यक्षतामा र सह सचिव बीरबल पाख्रिनको सञ्चालनमा सभाकाे आयोजना गरी भागोप्रमोको वार्ड कमिटी गठन गरिएको छ। उक्त वार्ड कमिटीमा सभापति प्रनित लामा, उप सभापति भूषण राई, मूलसचिव प्रणय प्रधान, सह सचिवमा शिव छेत्री र विराज गुरुङ, मुख्य सल्लाहकारमा आशिष राई अनि वसन्त छेत्री लगायत १५ जना कार्यकारिणी सदस्यहरू सभामा उपस्थित सदस्यहरूले सर्वसहमत्तिद्वारा चयन गरियो। आजको यस सभामा टाउन कमिटीका उपाध्यक्ष सन्दीप बलले सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अनित थापाको भिजन साथै पार्टीलाई वार्डमा कसरी बलियो बनाएर लैजानु पर्ने विषयमा विस्तृत जानकारी गराएका छन्। सभामा टाउन कमिटीको अध्यक्ष राजु शर्माले सभालाई सम्बोधन गर्दै व्यक्ति प्रेरित राजनीतिभन्दा समाजलाई सही मार्ग देखाएर समाजको हित अनि फायदामा हुने राजनितिमा ध्यान दिनु पर्ने बताए। व्यक्तिगत विकास नहेरेर सामूहिक विकासलाई प्राथमिकता दिनु पर्ने बताए। यसै सभामा सर्वसम्मतिद्वारा दिनेश छेत्री, आनन्द थामी, बुद्ध लेप्चा अनि वाङ्चुक लेप्चालाई टाउन कमिटीको निम्ति नाम प्रस्ताव गरियो। आजको यस वार्ड कमिटी गठन सभामा ३ नम्बर वार्डका नारी शक्तिका सचिव, सोलिना गुरुङकाे विशेष उपस्थिति थियो भने टाउन कमिटीबाट अध्यक्ष राजु शर्मा,उपाध्यक्ष सन्दीप बल, सह सचिव बीरबल पाखरीन,सह सचिव संजय मुखिया, मुख्य सल्लाहकार भोला राउत साथै कार्यकारीणी सदस्य श्री विकाश तामाङ पनि उपस्थित रहेका थिए।

About Author

Advertisement