सिलगढी: अबदेखि पर्यटन र वातावरण शिक्षालाई विद्यालयको पाठ्यक्रम बनाइनेछ। सिलगढीको एक निजी विद्यालयले यस्तो पहल गरेको हो। विद्यालय प्रशासनले बुधबार दिउँसो लगभग २.३० बजी सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो। विद्यालयका प्रधानाध्यापक अभया बसुले भारतमा पहिलो पटक कुनै पनि विद्यालयमा पर्यटन र वातावरणलाई अनिवार्य विषयका रूपमा समावेश गरिने बताइन्। कक्षा ११ र १२ मा यो विषय पढाइनेछ । यो कक्षा ९ र १० मा ऐच्छिक विषय हुनेछ।










