यात्री बोकेको बस र ट्रक ठोक्किँदा १० जना घाइते

कुचबिहार: यात्रीवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा बिहानै दुर्घटना भएको छ। बस दुर्घटनामा १० यात्री गम्भीर घाइते भएका छन्। घटना राज्य राजमार्ग नं १६ माथाभाङ्गा कुचबेहारको कालीबारी क्षेत्रमा बुधबार बिहान मानसाई खोलाको पञ्चानन पुल नजिक भएको थियो। माथाभांगाबाट जाँदै गरेको मालबाहक ट्रक सिलगढी जाँदै गरेको यात्रीवाहक बस पञ्चानन पुल नजिकै रहेको कालीबारी क्षेत्रमा ठोक्किएको हो । बाक्लो हुस्सुका कारण उक्त क्षेत्रमा भिजिबिलिटी कम भएकाले आज बिहान दुईवटा सवारीसाधन अनियन्त्रित भई एक आपसमा ठोक्किएको बताइएको छ। ठक्करको आवाज र यात्रीको चिच्याहट सुनेर स्थानीयवासीले घटनास्थलमा पुगेर दुर्घटनामा परी घाइते भएका यात्रीलाई उद्धार गरी उपचारका लागि माथाभाङ्गा विभागीय अस्पताल पठाएका थिए। दुर्घटनाका कारण उक्त सडकमा लामो समय सवारी आवागमन ठप्प भएको थियो। सडकको दुबै छेउमा ट्राफिक जाम भएको थियो। दुर्घटनाको खबर पाएलगत्तै माथाभाङ्गा प्रहरी चौकीको प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो। दुर्घटनामा परेका दुवै सवारी साधनलाई प्रहरीले माथाभाङ्गा प्रहरी चौकीमा लगेको छ। त्यसपछि उक्त रुटमा सवारी आवागमन सामान्य भयो। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement