अपडेट: उत्तर सिक्किम वाहन दुर्घटना चालकसमेत चारको मृत्यु

IMG-20220603-WA0179.jpg

गान्तोक। उत्तर सिक्किमको मगन थाना अधिनस्थ पर्ने मियोङ खोलामा आज एका बिहानै एउटा वाहन दुर्घटनाग्रस्त हुँदा चालक सहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ। पुलिस सूत्रले दिएकोजानकारी अनुसार घटना शुक्रबार बिहान लगभग ५ बजीको हो। टिस्टा उर्जा विद्युत कम्पनीले भाडामा लिएको एसके ०३ पी ०५८१ बोलेरो वाहन मियोङ खोला डॉंडामा दुर्घटना हुँदा सडकबाट लगभग ७ सय ङ्गिट तल खोलामा पसेको छ। चालक सोनाम लेप्चा छोतेन बस्ती निवासी रहेका बताइएको छ भने वाहनमा टिस्टा उर्जाको अधिकारी रमेश चन्द्र बर्मा र उनकी पत्नी बन्दना सिन्हा तथा लाक्पा दोर्जी लेप्चा सवार रहेको थाहा लागेको छ। सबैको मृतदेह मियोङ खोला पावर हाउस नजिकबाट निकालिएको छ। चारजना सवारी रहेको उऩीहरूको मृतदेह ङ्गेला पारिसकेको पुलिस सूत्रले बताएको छ। घटनाबार थाहा पाउनसाथै मगन,चुङथाङ थानाबाट राहत दल घटनास्थलमा पुगेका थिए भने टुङ पीपीबाट तुरन्तै कार्वाही गरिएको थियो। यसैगरि उद्दार कार्यको निम्ति अग्निशमन चुङथाङ-मगन, भारत तिब्बत सीमा पुलिसको १३औं बटालियनका जवानहरू तथा ४-५ गोर्खा रेजिमेन्टबाट भारतीय सेनाका जवानहरूले उद्दार कार्यमा सिक्किम पुलिससित खटिरहेका छन्‌। घटनास्थलमा पुगेर चुङथाङका एसडीपीओ एलबी छेत्री र मगनका एसडीपीओ छितेन टासी भोटियाले उद्दार कार्यको प्रत्यक्ष निरिक्षण गर्नका साथै उद्दार कार्यमा पुलिसका जवानहरूलाई नेतृत्व प्रदान गर्दै बिहानैदेखि लागिपरेका छन्‌ भने दूर्घटनाबारे विस्तृत जानकारी आउन अझै बॉंकी छ भने पुलिसले छानबिन गरिरहेका छन्‌। दुर्घटनास्थलमा पुगेर उत्तर सिक्किम टुरिष्ट चालक संगठनका महासचिव चन्द्रमणि दर्जीको नेतृत्वमा चालक सदस्यहरूले उद्दार कार्यमा खटिरहेका पुलिस र सेनाका जवानहरूलाई चियापानीको व्यवस्था गर्नका साथै अन्य सहयोगमा जुटेको थाहा लागेको छ। उल्लेखनीय छ उत्तर सिक्किम राजमार्गमा एकै हप्तामा भएको यो दोस्रो ठूलो सड़क दुर्घटना हो। यसभन्दा अघि खेदुङमा सड़क दुर्घटना हुँदा ५जना पर्यटक र चालकको ज्यान गएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement