मालदा: हरिश्चन्द्रपुर प्रहरी प्रशासनको पहलमा र महेन्द्रपुर ग्राम पञ्चायतको व्यवस्थापनमा मंगलबार भवानीपुर ब्रजमोहन मेमोरियल क्लबको प्राङ्गणमा एकदिवसीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। उक्त खेलमा महेन्द्रपुर ग्राम पञ्चायत क्षेत्रका ८ वटा भलिबल टोलीको सहभागिता रहेको थियो। रोमाञ्चक खेलपछि भवानीपुर मदरसा र हरिश्चन्द्रपुर प्रहरी चौकी फाइनलमा पुगे भने अन्तमा भवानीपुर मदरसाले हरिश्चन्द्रपुर प्रहरी चौकीलाई पराजित गर्दै उपाधि जितेको हो।

विजयी र उपविजेता टोलीलाई हरिश्चन्द्रपुर प्रहरी प्रशासनले ट्रफी हस्तान्तरण गरेको छ। यस दिन आईसी देवदूत गजमेर र हरिश्चन्द्रपुर थानाका एसआई धीरेन्द्रनाथ मण्डल सहित क्लबका सबै सदस्यहरू उपस्थित थिए।









