नक्सलबारीबाट १० लाख बराबरको सी हर्स उद्धार साथै एकजना तस्कर पक्राउ

नक्सलबारी: समुद्रमा पाइने लुप्त अवस्थामा रहेको सी हर्स तस्करी गर्न अगावै उद्धार गरेको छ। यस घटनामा एकजना तस्करलाई पनि पक्राउ गरेको छ।जानकारी अनुसार, गोप्य सूत्रको आधारमा वाइल्ड लाइफ क्राइम कन्ट्रोल ब्यूरो तथा खरसाङ डिभिजनको घोषपुकुर अनि टुकरियाभार वन विभागका कर्मीहरूले नक्सलबारी इलाकामा संयुक्त अभियान चलाएर लुप्त अवस्थामा रहेको ५ किलो सी हर्स उद्धार गर्नको साथै फैज अहमद नामक एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपी उत्तर दिनाजपुर निवासी हुन्। वन विभाग सूत्र अनुसार उद्धार गरेको सी हर्सको बजार मूल्य लगभग १० लाख रूपियाँ रहेको छ। उक्त सी हर्स नेपालमा तस्करी गर्नका लागि लगिरहेको थियो। पक्रा परेका आरोपीलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो। वन विभागले घटनाको विस्तृत जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement