गान्तोक। कृषि, बागवानी, पशुपालन तथा भेटेरिनरी मन्त्री लोकनाथ शर्माले आज बिहान कृषि भवनको आकस्मिक भ्रमण गरे। मन्त्री शर्माले हरेक शाखाको भ्रमण गरी हाजिरी दर्ता जॉंच गरे र मापदण्डको कडाईका साथ पालना गर्न निर्देशन दिए। उनले सम्मेलन हलमा कृषि, बागवानी तथा पशुपालन विभागका अधिकारीहरुसँग संक्षिप्त भेटघाट गरी चलिरहेका योजना, आयोजना तथा कार्यक्रमका बारेमा छलङ्गल गरेका थिए। उनले जनताको सहयोग सुनिश्र्चित गर्न जोड दिए। उनले सर्वसाधारणको सुविधाका लागि हेल्प डेस्कलाई बलियो पार्ने सुझाव दिए।