सिलगढी: एकजना सुपारी व्यवसायीलाई सीजीएसटी इन्टेलिजेन्स टीमले १२ करोड रूपियाँको ट्याक्स चोरी गरेको आरोपमा पक्राउ गरेको छ। सो व्यवसायी राजेश कुमार शारदा धुपगढी निवासी हुन् भनेर चिन्तित गरिएको छ।जानकारी अनुसार व्यवसायीले २०२१-२२ को वित्तीय वर्षमा सुपारी व्यवसायबाट मोठ २५ करोड रूपियाँ कमाएका थिए। एक वर्षदेखि यस मामिलाको जाँच गर्दै आइरहेको सीजीएसटी इन्टेलिजेन्स टीमले व्यवसायीले कागज पत्रमा हेराफेरी गरेर १२ करोड रूपियाँको ट्याक्स चोरी गरेको पत्तो लगाए पछि सुपारी व्यवसायीलाई समन जारी गयो। समन जारी भएपछि व्यवसायी राजेश हिज मंगलवार सीजीएसटी महानिदेशालयको कार्यालयमा पुगेका थिए। यसपछि सीजीएसटी टीमले सोधखोज गरेपछि राजेश कुमार शारदालाई पक्राउ गरेको छ। यसपछि तिनलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। सरकारी पक्ष अनि बचाव पक्षको दलील सुनपछि न्यायाधीशले आरोपी राजेश कुमार शारदालाई १४ दिनको लागि न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।









