सन् १८४७ मा भारतदेखि पाकिस्तान जान यति सस्तो थियो टिकट…

00-1947-India-Pakistan-Rail-Ticket

सामाजिक सञ्जालमा कहिले के भाइरल हुन्छ भन्न सकिन्न। पछिल्लो समय विवाहको पुरानो कार्डदेखि पुराना सवारी साधनको बिलसम्म कैयौं किसिमका बिलले मानिसको ध्यान आकर्षण गरिरहेको छ। यो सूचीमा सबैभन्दा पहिले ३७ वर्ष पुरानो रेस्टुरेन्टको बिल सार्वजनिक भएको थियो, जसलाई हेरेर मानिसहरुले त्यतिबेला राम्रा रेष्टुरेन्टमा पनि शाही पनीर ८ रुपियाँमा र दाल मखानी ५ रुपियाँमा पाइने गरेको थाहा भयो। यो बिल हेरेपछि मानिसहरूले विभिन्न प्रतिक्रिया पनि दिएका छन्।

यसैबीच, भारत र पाकिस्तानको स्वतन्त्रताको शुरुवाती दिनदेखिको रेल टिकटले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। यो टिकट पाकिस्तानको रावलपिंडी र अमृतसर बीचको रेल यात्राको लागि हो। यो रेल टिकटमा कुल नौ जनाको नाम लेखिएको छ। यो टिकटका अनुसार त्यतिबेला पाकिस्तानको रावलपिण्डीदेखि भारतको अमृतसरसम्म नौजनाका लागि रेलको टिकट ३६ रुपियाँ ९ आना मात्रै लाग्थ्यो। टिकट हेर्दा भारत र पाकिस्तानबीचको रेल भाडा प्रतिव्यक्ति ४ रुपियाँ मात्रै थियो भन्ने बुझ्न सकिन्छ। अचम्मको कुरा, यो टिकट थर्ड एसीको हो, जुन एकतर्फी यात्राको लागि हो।

थाहा छैन स्वाधीनतादेखि अहिलेसम्म प्रविधि र सामाजिक संरचनामा के परिवर्तन भयो। अर्कोतर्फ, अहिले यी पुराना टिकट, बिल र कार्डलाई लिएर सामाजिक सञ्जालमा नयाँ रोचक पोस्ट भाइरल भइरहेको छ। यो टिकट १७ सेप्टेम्बर १९४७ को हो। यो टिकटको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पाकिस्तान रेल लभर्स नामको पेजबाट शेयर गरिएको छ, जसलाई अहिलेसम्म १५ हजारले लाइक गरेका छन्। यो तस्वीरमा सयौंले आफ्नो प्रतिक्रिया दिएका छन्। मानिसहरूले यो टिकटलाई धेरै लाईक र सेयर गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखे, ‘यो कागज मात्र होइन इतिहास हो।’ अर्को प्रयोगकर्ताले यसलाई सुन भने। अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो यस्तो बलियो कार्बन प्रतिलिपि हो कि यो ७५ वर्षसम्म पनि ओइलाएको छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement