विश्व वाइसाइकल दिवसको अवसरमा साइक ऱ्याली आयोजित

IMG-20220603-WA0178.jpg

गान्तोक। नाम्ची नेहरू युवा केन्द्र र नाम्ची जिल्ला प्रशासन केन्द्रको संयुक्त पहलमा आज वाइसकल दिवसको अवसरमा साइकल ऱ्याली आयोजना गरियो। यस ऱ्याली आयोजना गरिनुको मुख्य लक्ष्य मानिसको जिउने शैलीलाई स्वास्थ्य बनाउनु रहेको छ। खेलकूदमा सहभागी जनाउनेहरूले नराम्रो गतिविधिबाट टाडा रहने र स्वास्थ्य जीवन शैली बनाउन सक्ने लक्ष्यलाई ध्यानमा राख्दै यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। यस ऱ्यालीको प्रस्थान नाम्ची नगर निगमका अध्य़क्ष गणेशलाई झण्डा हल्लाएर प्रस्थान गराएको भने उक्त ऱ्याली सेन्ट्रलपार्कबाट शुरू भएर सिध्देश्वर धाममा पुगेर समापन भएको थियो। उक्त ऱ्यालीमा कूल ५० जनाले सहभागिता जनाएको आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement