सिक्किम प्रीमियर लीग (एसपीएल)-को मितिमा फेरबदल, उद्घाटन ३० जनवरीमा

फूटबल डेभलपमेण्ट प्राइभेट लिमिटेड (एफडीपीएल)-को प्रयासमा आयोजन हुन गइरहेको सिक्किम प्रीमियर लीग फूटबल (एसपीएल)-को उद्घाटन समारोहको कार्यक्रममा सामान्य फेरबदल भएको छ। तक्निकी कारणहरूले गर्दा २९ जनवरीमा हुने उद्घाटन समारोह अनि म्याच अब ३० जनवरीमा हुनेछ। निम छिरिंग लेप्चा (को-फाउण्डर, एफडीपीएल)-द्वारा बुधवार जारी विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ। जम्मा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिने एसपीएल-को उद्घाटन म्याच अब ३० जनवरीमा खेलिनेछ। गान्तोकको पाल्जोर स्टेडियममा हुने उद्घाटन म्याचमा आक्रमण एफसी र सिक्किम ड्रेगन्स एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ।

सिक्किम प्रीमियर लीगको पहिलो संस्करणमा जम्मा ३१ वटा म्याच खेलिनेछ। एफडीपीएल-को बोर्ड अव् डिरेक्टर्समा निर्मल छेत्री, सञ्जु प्रधान, विकास जैरु, रबिन गुरुङ र निम छिरिंग लेप्चा रहेका छन्। एसपीएल-को पहिलो संस्करणमा ६ जिल्लाका आठवटा टीमले हिस्सा लिनेछन्। यसमा रेड पाण्डा एफसी, ड्रेगन्स एफसी, सिंगलिंग एफसी, सिनाल्चु एफसी, रोअरिंग लियोपर्ड एफसी, आक्रमण एफसी, थण्डरबोल्ट नर्थ युनाइटेड एफसी र ब्रदर्स युनाइटेड एफसी सामेल छ। म्याचहरू गान्तोकको पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ भूटिया स्टेडियममा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement