कुचबिहार : विद्यार्थीले आफैले बनाएको मूर्ति राखेर शिक्षाकी देवीको पुजा गरिने भएको छ। बिहीबार माघी पञ्चमीका दिन सर्वत्र माता सरस्वतीको पूजा आराधना गरिँदैछ। बिहीबार सबै विद्यार्थीले विद्याकी देवी सरस्वतीको पूजा–आराधना गर्नेछन्। तर, यही बीचमा आफ्नै हातले सरस्वतीको मूर्ति बनाएर पूजा गर्ने विद्यार्थी भेटिए। रकी बर्मन कूचबिहार सहरको वार्ड नम्बर १० जमाई बजार क्षेत्रका बासिन्दा रकी बर्मन विभिन्न माटोका मूर्ति बनाउन मन पराउँछन् उनी कूचबिहार महाराजा नृपेन्द्र नारायण हाई स्कूलका माध्यमिक विद्यार्थी हुन् रकी बर्मनले मूर्ति बनाउन सिकेका थिएनन्। उनी आफैं एक एक गरी मूर्ति बनाएर अलमारीमा सजाएर राख्छन्। रकीले यो कला कहिल्यै सिकेनन्। गत वर्ष दुर्गा पूजामा रकीले सबैभन्दा पहिले दुर्गाको मूर्ति बनाएर सबैलाई चकित पारेका थिए। त्यसपछि उनले कालीको मुर्ति र लक्ष्मीको मूर्ति पनि बनाए। पढाइ बाहेक रकीले कसैबाट केही न सिकेर आफ्नो कल्पनाशक्तिले मूर्तिकला बनाएर सबैलाई प्रभावित पारेका छन्। यसपटक उनले देवी सरस्वतीका दुईवटा मूर्ति बनाएका छन्। सरस्वती पूजाको दिन पूजा गर्ने मूर्तिहरू।









